चन्द्रागिरी रिसोर्टमा ‘न्यू इयर इभ’ अफर

काठमाडौँ । चन्द्रागिरी हिल्स रिसोर्टले अंग्रेजी नयाँ वर्षमा ‘न्यू इयर इभ’ प्याकेज ल्याएको छ । रिसोर्टले नयाँ वर्षमा स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गर्दै आकर्षक प्याकेजको योजना ल्याएको हो।

योजनाअनुसार रिसोर्टले २० हजार रुपैयाँमा दुई जनालाई ब्रेकफास्ट, गाला डिनर, डिलक्स कोठा उपलब्ध गराउने छ। यस्तै, दुईतर्फी केबलकारको टिकट तथा लाइभ बीबीक्यू, स्वीमिङ र स्पामा १० प्रतिशत छुट दिने कम्पनीले बताएको छ ।

Advertisement

कम्पनीले ‘कम सेलिब्रेट एण्ड मेक योर स्टे मेमोरेबल’ नारासहित यो प्याकेज ल्याएको हो। डिसेम्र अन्तिममा हुने इभमा डिजेको समेत व्यवस्था रहेको बताइएको छ ।

More News last news
Loading...