टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एकै परिवारका तीन जनाको ज्यान गयो

सप्तरी । सिरहामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ।

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा सप्तरीको बलान विहुल गाउँपालिका वडा २ दिघियाका मोतीलाल यादव, भतिजा ३० वर्षीय रामकुमार र आठ वर्षीय नाती अभिषेकको ज्यान गएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक (डीएसपी) डा. तपन दाहालले जानकारी दिए।

Advertisement

प्रदेश २–०१–००२ प २६८२ नम्बरको मोटरसाइकललाई स १ क २६१ नम्बरको टिपरले लहान नगरपालिका ३ मा पर्ने लहान ठाडी सडक खण्डमा ठक्कर दिएको हो।

ठक्करबाट एक जना घाइते भएका छन् । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

More News last news
Loading...