काठमाडौँ । साताको पाँचौ दिन अर्थात आज (बिहीबार) नेपाली बजारमा सुनको भाउ पुनः उकालो लागेको छ ।
बुधबार प्रतितोला ५०० रुपैयाँले घटेको सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन बिहीबार प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।
महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कनुसार आज तेजाबी सुनको मूल्य पनि बढेको छ। आज तेजावी सुन प्रतितोला रु ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
सुनको भाउ सँगै आज चाँदीको भाउ पनि उकालो लागेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु १ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी १ हजार २१० रुपैयाँमा कारोबार भएको थियो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
