काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् ।
बुधबार राति अबेर प्राप्त मत परिणाम अनुसार सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार खड्का र शेखर कोइराला पक्षका उम्मेदवार गुरुङ निर्वाचित भएका हुन् ।
देउवा पक्षका उम्मेदवार विजयकुमार गच्छदार झिनो अन्तरले पराजित भए । यद्यपि निर्वाचन समितिले आधिकारिक घोषणा गरेको छैन ।
कांग्रेस विधानअनुसार सबैभन्दा बढी मत ल्याउने दुई जना उपसभापति निर्वाचित हुने व्यवस्था छ। गुरूङ र भण्डारी सभापतिमा पराजित शेखर कोइराला समूहका हुन् भने खड्का र गच्छदार सभापति निर्वाचित शेरबहादुर देउवा समूहका उम्मेदवार हुन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
