काठमाडौँ । साताको दोस्रो दिन अर्थात आज (सोमबार) नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ।
आइतबार प्रतितोला ३०० रुपैयाँले घटेको सुनको भाउ आज भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन आइतबार पनि यही मूल्यमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।
महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कनुसार आज तेजाबी सुनको मूल्य पनि स्थिर छ। आज तेजावी सुन प्रतितोला रु ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि तेजाबी सुन यही मूल्यमा कारोबार भएको थियो।
सुनको भाउ स्थिर भएसँगै आज चाँदीको भाउ पनि स्थिर छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला १ हजार १९० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
