काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार राति बन्दसत्र जारी रहँदा एक जना महाधिवेशन प्रतिनिधि बेहोस भएका छन्।
आजै उद्घाटन सकिएको केही समय पछि बन्दसत्र सुरु भएको हो। बन्दसत्र जारी रहँदा एक जना महाधिवेशन प्रतिनिधि बेहोस भएका थिए। बेहोस भएर लडेका महाधिवेशन प्रतिनिधिलाई प्रहरीले उद्धार गरि अस्पताल लगेको छ।
नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ। शुक्रबार भृकुटीमण्डमा उद्घाटन सत्र सकिएसँगै सुरु भएको बन्दसत्रमा १७ सय ४३ प्रतिनिधि सहभागी भएका छन् । राति ८ बजेबाट सुरु गर्ने भनिए पनि ढिला गरि बन्दसत्र सुरु भएको हो ।
कांग्रेसको भोली बिहान १० देखि ५ बजे मनोनयन दर्ताको समय तोकिएको छ । कांग्रेसे २९ वटा ठाउँमा मनोनयन दर्ता गर्न सकिने व्यवस्था मिलाएको छ ।
यस्तै २० वटा टेबुलको व्यवस्था गरिएको छ । कांग्रेस महाधिवेशन निर्वाचन समितिका अनुसार बैंक दस्तुर बुझाएर भौचर बुझाएपछि मनोनयन दर्ता गर्न सकिने छ।
आतइतबार १२ बजेपछि अन्तिम नामावली प्रकाशन गरिनेछ । मंगरबार बिहान ८ बजेदेखि तीन ठाउँबाट मतदान गर्न सकिने कांग्रेसले जनाएको छ । भृकुटीमण्डपस्थित बन्दसत्र स्थल, उदघाटन सत्र स्थल र राष्ट्रिय सभागृहमा मतदान हुनेछ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
