काठमाडौँ । साताको पाँचौ दिन अर्थात आज (बिहीबार) नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ।
बुधबार प्रतितोला ५०० रुपैयाँले बढेको सुनको भाउ आज भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन बुधबार पनि यही मूल्यमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।
महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य पनि स्थिर छ। आज तेजावी सुन प्रतितोला रु ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार पनि तेजाबी सुन यही मूल्यमा कारोबार भएको थियो।
सुनको भाउ स्थिर भएसँगै आज चाँदीको भाउ पनि स्थिर छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
