नेपालमा लन्च गरियो होन्डाको नयाँ एमेज २०२१, यस्तो छ विशेषता

काठमाडौं l नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले स्टाइल, पर्फमेन्स र सुरक्षालाई समावेश गरी शानदार इन्टेरियरका साथ होन्डाको एमएमसी एमेज २०२१ लाई नेपाली बजारमा लन्च गरेको छ ।

नयाँ एमेज २०२१ मा रहेको एड्भान्स एलईडी प्रोजेक्टर हेडल्याम्प र त्यसैमा एकीकृत रहेको एलईडी डीआरएलका साथै नयाँ एड्भान्स फ्रन्ट फगल्याम्पले सबैको ध्यान आकर्षण गर्ने कम्पनीको भनाइ छ ।

Advertisement

सो कारको अर्को प्रमुख विशेषता भनेको यसमा भएको डायमण्ड कट टु टोन मल्टीस्पोक आर–१५ अलोय ह्विल हो। त्यसै गरी नयाँ एमेज २०२१ मा गाइडलाइन सहितको रियर मल्टीभ्यु क्यामेरा रहेको छ।

सो कारले सुरक्षाका लागि एनक्यापबाट ४ स्टार सेफ्टी रेटिङ समेत प्राप्त गरेको छ । यसका साथै सो कारमा पहिलो पटक आफ्नो क्लासमा पेट्रोल र डिजेल दुवै भेरिएन्टमा ७ स्पिड सीभीटी गियरबक्स रहेको छ।

सो कारमा रहेको स्ल्कि सोलिड विङ्ग फेस फ्रन्ट ग्रिलले यसको डिजाइनलाई अझ आकर्षित गरेको छ । अटोमेटिक हेडलाइट कन्ट्रोलका साथ लाइट सेन्सर, प्रिमियम सी आकारको एलईडी कम्बिनेसन ल्याम्प, क्रोम डोर ह्याण्डल जस्ता यस कारका अन्य विशेषताहरु पनि रहेको छ।

More News last news
Loading...