काठमाडौँ । सूर्यग्रहण मंसिर १८ गते शनिबार, डिसेम्बर ४, २०२१, १० बजेर ५९ मिनेटमा सुरु हुनेछ, ३ बजेर ०७ मिनेटमा समाप्त हुनेछ। यो सूर्यग्रहण अन्टार्कटिका बाहेक दक्षिण अमेरिका, अष्ट्रेलिया, दक्षिण अफ्रिका र साउथ एट्लान्टिकका देशबाट देखिनेछ।
यो सूर्यग्रहण नेपाल र भारतमा देखिने छैन, साथै यो सूर्यग्रहण छाया ग्रहण हुनेछ, जसको सुतक अवधि मान्य हुनेछैन। जसका कारण यससँग सम्बन्धित मान्यताहरू लागू हुने छैनन्।
यो सूर्यग्रहणको कुल अवधि ४ घण्टा ८ मिनेट हुनेछ, जसले सबै १२ राशिका मानिसलाई असर गर्नेछ।
तर, ज्योतिष शास्त्रमा केही उपायहरु पनि उल्लेख गरिएको छ जसलाई गर्नाले अशुभ प्रभावबाट बच्न सकिन्छ । आउनुहोस् जान्नुहोस् यो सूर्यग्रहणले तपाईको जीवनमा कत्तिको प्रभाव पार्छ, राशिफल अनुसार यसको प्रभाव र उपाय जान्नुहोस्।
सूर्य ग्रहण राशिफल
मेषः यो ग्रहण मेष राशिका लागि शुभ हुँदैन। ग्रहण लागेपछि स्वास्थ्यमा ह्रास आउन सक्छ। दुर्घटना आदिको सम्भावना रहेकोले सतर्कता अपनाउनु पर्ने देखिन्छ ।
वृषः वृष राशिका लागि यो ग्रहण शुभ रहनेछ। राजनीतिक तथा सामाजिक क्षेत्रमा मान–प्रतिष्ठा बढ्नेछ। व्यापारमा नयाँ सम्झौता हुनेछ ।
मिथुनः यो ग्रहण शुभ रहनेछ, पुरानो विवादबाट मुक्ति मिल्नेछ। मनोकामना पूरा हुने संकेत देखिन्छ ।
कर्कटः यो ग्रहण शुभ छैन। साथीभाइसँग अनावश्यक वादविवाद हुन सक्छ, सन्तान पक्षबाट तनाव रहनेछ।
सिंहः यो ग्रहणले शुभ र आर्थिक लाभको संकेत दिइरहेको छ। जग्गा तथा भवन सम्बन्धी समस्या समाधान हुनेछ ।
कन्याः सूर्यग्रहणको प्रभाव यस राशिका लागि शुभ हुन्छ। साहस र पराक्रम बढ्नेछ। साथीभाइको सहयोग मिल्नेछ।
तुलाः तुला राशिका लागि अशुभ प्रभाव रहनेछ। बोलीमा नियन्त्रण राख्नुहोस् र विवादबाट टाढा रहनुहोस्, स्वास्थ्यमा गिरावट आउन सक्छ।
वृश्चिकः सूर्यग्रहण यस राशिमा रहनेछ, जसले गर्दा मन अशान्त रहन सक्छ। यस ग्रहण पछि केहि तनाव सम्भव छ, जसले कार्य क्षेत्रमा असुविधा उत्पन्न गर्न सक्छ।
धनुः यो ग्रहण धनु राशिका लागि लाभदायी रहनेछ। अर्थात् यो ग्रहणपछि खर्च बढ्न सक्छ। अनावश्यक दौडधुप हुनेछ, विदेश यात्राको सम्भावना पनि छ।
मकरः सूर्यग्रहणको प्रभाव शुभ रहनेछ। व्यवसायमा उन्नति हुनेछ भने जागिरमा बढुवाको संकेत मिल्नेछ।
कुम्भः समाजमा मान–प्रतिष्ठाका साथै धन सम्पति मिल्नेछ। जग्गा निर्माण सम्बन्धी समस्या समाधान हुनेछ।
मीनः सूर्यग्रहणको प्रभाव अशुभ रहनेछ। अध्यात्मिक कार्यमा रुची रहनेछ। जागिरमा स्थानान्तरणको अवसर मिल्नेछ। बुवासँग अवास्तविक वादविवाद हुन सक्छ, सावधान रहनु होला।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
