कांग्रेसको प्रदेश सभा क्षेत्रीय अधिवेशन : तनहुँ २ (ख) मा निर्विरोध

तनहुँ l कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत तनहुँमा शुक्रबार प्रदेश सभा क्षेत्रीय अधिवेशन हुँदैछ । अधिवेशनको प्रकृया बिहीबार (आज) बाटै सुरू भइसकेको छ । बिहीबार प्रदेश सभा क्षेत्रमा नेतृत्वको आकांक्षीले उम्मेदवारी दर्ता गराएका छन् ।

तनहुँ क्षेत्र नम्बर २ (ख) मा भने कांग्रेसको क्षेत्रीय अधिवेशनको उम्मेदवारी दर्तासँगै नेतृत्व पनि टुंगो लागेको छ । तनहुँ २ (ख) को सभापतिमा इन्द्रबहादुर आले निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत दिपक भट्टराईले बताए ।

Advertisement

उनका अनुसार उपसभापतिमा इमानसिंह थापा र आनन्ददेव श्रेष्ठ निर्वाचित भएका छन् । सचिवमा सुशीलकुमार श्रेष्ठ र अशोक गिरी, सहसचिवमा चुननारायण श्रेष्ठ र माधव लम्साल निर्विरोध निर्वाचित भएका छन् ।

‘बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकेका थियाै‌ । प्रदेश अधिवेशन प्रतिनिधि पदमाबाहेक सबै पदमा आवश्यकभन्दा बढीको उम्मेदवारी पेरन । प्रदेश अधिवेशन प्रतिनिधि पदका एक जना उम्मेदवारले उम्मदवारी फिर्ता लिएसँगै निर्विरोध कार्यसमिति चयन भएको छ,’ भट्टराईले भने । प्रदेश अधिवेशन प्रतिनिधि पदका उम्मेदवार रमेश भण्डारीले उम्मेदवारी फर्ता लिएका हुन् ।

प्रदेश अधिवेशन प्रतिनिधिमा विष्णुवीर थापा, नारायणप्रसाद भट्टराई, ध्रुवकुमार श्रेष्ठ, सीता कुमाल, मदन थापा, मिरा आले थापा, श्रीराम आले, मथुराकृष्ण श्रेष्ठ, राजेन्द्र अर्याल, भविसरा आले, विजयराज सुवेदी, पदमबहादुर थापा, तिलिसिरा थापा, रोमाया थापा, प्रभात आले, कुलबहादुर सुनार र चिनबहादुर आले निर्विरोध निर्वाचित भएका छन् ।

तनहुँ क्षेत्र नम्बर १ प्रदेश (क) मा सभापति पदका लागि शेषमोहम्मद हनिफ (गोरा मियाँ) र विशेश्वर खनाल, प्रदेश (ख) को सभापति पदमा काजीमान श्रेष्ठ र राजेन्द्र पियाको उम्मेदवारी परेको छ । यस्तै, तनहुँ क्षेत्र नम्बर २ प्रदेश (क) को सभापतिमा हिरा थापा र जितराज रानाको उम्मेदवारी परेको छ।

More News last news
Loading...