कास्की काँग्रेसको कडा निर्णय, अधिवेशनमा यस्तो गर्न पटक्कै नपाईने

पोखरा । नेपाली काँग्रेस कास्कीले अधिवेशनको बेला हुने भड्किलो प्रचारलाई रोक लगाएको छ। कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा मङ्गलबार बसेको बैंठकले त्यस्तो निर्णय गरेको हो।

यो निर्णयसँगै अब कुनै पनि उम्मेद्वारले भड्किलो गरी प्रचार सामग्रीको प्रयोग गर्न नपाउने कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो ।

Advertisement

उम्मेद्वारले आफ्नो परिचयका लागि व्यक्तिगत रुपमा एउटा मात्रै सामग्री घाँटीमा झुन्ड्याउन सक्ने छन्, प्रवक्ता सिग्देलले भन्नुभयो, त्यसबाहेकका भड्किलो गरी अन्य प्रचार सामग्रीको प्रयोग गर्न पाइने छैन।

त्यस्तै, निर्वाचनस्थलमा उम्मेद्वारसँग सम्वन्धित प्लेकार्ड र पर्चा वितरण गर्न पनि पाइने छैन भने व्यानर प्रदर्शनलाई समेत रोक लगाइएको छ ।

पार्टीको आन्तरीक निर्वाचनलाई स्वच्छ, मर्यादीत र भड्किलोरहित बनाउन पार्टीले त्यस्तो निर्णय गरेको प्रवक्ता सिग्देलको भनाइ छ l बैठकले कार्यसमितिका ११ जना आमन्त्रित सदस्यलाई पूर्ण सदस्यमा मनोनयन गरेको छ।

More News last news
Loading...