सोचेभन्दा निकै सस्तो छ यी ३ मोटरसाइकलको मूल्य, कुनको कति ?

ह्विलर बजारमा सबैभन्दा बढी माग भएको सेग्मेन्ट हो १५० सीसी । यो सेग्मेन्टमा प्राय सबैजसो ब्रान्डका मोटरसाइकलको कारोबार हुँदै आइरहको छ । यो सेग्मेन्टमा केही महंगा डर्ट र स्पोर्ट बाइक समेत उपलब्ध भएपनि यहाँ हामीले कम्युटर सेग्मेन्टको चर्चा गर्न खोजेका हौ ।

यो सेग्मेन्टमा यामाहा बाहेक अन्य कम्पनीले बिएस ६ मोडल ल्याएका छैनन् । यामाहाले ल्याएको बीएस६ एफजेड–एस एफआई मोडलको मूल्य ३ लाख ७९ हजार ९ सय र ३ लाख ८४ हजार ९ सय बाहेक प्राय सबैजसो मोडलको मूल्य ३ लाख भन्दा तल नै निर्धारण गरिएको छ ।

Advertisement

यो सेग्मेन्टमा सबैभन्दा बढी बिक्री हुने बजाज १५० र होन्डा सिबी युनिकर्नको मूल्य २ लाख ८९ हजार ९ सय रुपैयाँसम्म निर्धारण गरिएको छ। त्यसैगरी अन्य केही मोडलको मूल्य २ लाख ५० हजार हाराहारी अर्थात सो भन्दा पनि कम पर्ने पाइएको छ।

यो सेग्मेन्टमा सबैभन्दा सस्तो बाइक हो होन्डा एचिभर । एचिभरको मूल्य २ लाख ३० हजार रुपैयाँ निर्धारण गरिएको छ।

एचिभर पछि अर्को सस्तो बाइकका रुपमा यामाहा एसजेड–आरआर देखिएको छ । यो बाइकको मूल्य २ लाख ५३ हजार ९ सय रुपैयाँ तोकिएको छ । त्यसैगरी बेनेली टिएनटी १५ को २ लाख ५४ हजार ९ सय र हिरो एक्सिट्रम स्पोर्टसको २ लाख ५५ हजार रुपैयाँ निर्धारण गरिएको छ।

मूल्य कम भए पनि यी बाइकको माग भने बजारमा खासै रहेको देखिदैन । पुरानै डिजाइनमा आधारित लुक्स, आधुनिक फिचर्सको कमी र पावर तथा पर्फमेन्सको मामलामा समेत कमजोर देखिएका कारण पनि यी बाइक खासै चर्चित हुन नसकेका हुन् ।

More News last news
Loading...