प्रचण्डको सम्मानका लागि भन्दै नगरपालिकाले दियो सार्बजनिक विदा

काठमाडौं । महोत्तरीको रामगोपालपुर नगरपालिकाले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्मानका लागि भन्दै सार्बजनिक विदा दिएको छ ।

नगरपालिकाले एक सुचना जारी गर्दै महोत्तरी अन्तर्गत आधारभूत स्वास्थ्य केन्द्रहरुको उद्घाटन गर्न पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादीको सम्मानका लागि भन्दै मंसिर १ गते (आज) सार्बजनिक विदा दिने निर्णय गरेको हो ।

Advertisement

साथै उक्त समारोहमा उपस्थित भई शोभा वढाइदिनका लागि नगरबासीमा अनुरोध समेत गरेको छ ।

नगरपालिकाले जारी गरेको विदाको सुचनामा नगरप्रमुख अशोक कुमार मण्डल र प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्रलाल कर्णको हस्ताक्षर रहेको छ।

More News last news
Loading...