स्पोर्टी लुक्स र आकर्षक फिचरसहित बजारमा लन्च भयो एमजी वान क्रसओभर एसयूभी

चिनियाँ बजारमा एमजी वान कम्प्याक्ट क्रसओभर एसयूभी लन्च भएको छ । एमजी वान अल्फा र बिटा गरी दुई भर्सनमा यो एसयूभी उपलब्ध हुनेछ, जस मध्ये अल्फा स्पोर्टी छ भने बिटा अलि क्लासिक छ ।

एमजी वान अल्फामा फराकिलो ग्रिल छ, जसले यसलाई स्पोर्टी देखाएको छ । ग्रिल र बम्पर वाहेक यी दुई भेरिएन्टमा खासै अन्तर छैन । हाल अल्फा मात्र बजारमा उपलब्ध गराइएको छ र केही महिना पश्चात बिटा समेत उपलब्ध हुने बताइएको छ । यसको बुकिङ भने शुरु भइसकेको छ ।

Advertisement

एमजीको प्यारेन्ट कम्पनी एसएआईसीको नयाँ सिग्मा आर्किटेक्चरमा आधारित यो पहिलो एमजी एसयूभी हो । यसमा १.५ लिटर टर्बोचार्ज्ड फोर सिलिन्डर ‘मेगा टेक’ पेट्रोल इन्जिन प्रयोग गरिएको छ, जसले १८१ एचपी पावर र २८५ एनएम टर्क जेनेरेट गर्छ। यसमा सीभीटी गियरबक्स प्रयोग गरिएको छ, जुन एसएआईसी र जर्मन कम्पनी बोसले संयुक्त रुपमा विकास गरेका हुन्।

हाल चाइनिज कम्पनीहरुले युवा ग्राहकको रोजाई अनुसारको डिजाइन विकास गरिरहेको सन्दर्भमा एमजीले पनि त्यसै अनुसारको डिजाइन विकास गरेको मानिन्छ । यसको ड्यासबोर्ड धेरै नै एड्भान्स्ड छ।

समग्र स्क्रिन ३० इन्चको छ भने यसको आधा भाग डिजिटल इन्स्ट्रयुमेन्ट प्यानल र इन्फोटेनमेन्टका लागि सेन्ट्रल स्क्रिनको रुपमा विभाजित गरिएको छ । उक्त इन्फोटेनमेन्ट सिस्टमलाई ‘जेब्रा’ नाम दिइएको छ, जुन एसएआईसी र अलिबाबाले संयुक्त रुपमा विकास गरेका हुन् ।

कारको इन्स्ट्रयुमेन्ट प्यानलको ग्राफिक्स पनि निकै नै आकर्षक छ । लेदर सिट र बडी कलर सेफ्टी बेल्ट सहितको इन्टेरियर समेत निकै नै स्पोर्टी छ।

एमजी वानको मूल्य १११ युआन देखि १३९ युआन सम्म तोकिएको छ। डलरमा हेर्दा यसको मूल्इ १७ हजार ४१५ देखि २१ हजार ७७३ डलर सम्म छ।

नेपाली बजारमा पारामाउन्ट मोटर्सले एमजीका गाडीहरु बिक्री–वितरण गरिरहेको छ । भविष्यमा यो गाडी नेपाली बजारमा पनि उपलब्ध हुन सक्छ ।

More News last news
Loading...