मोटरसाइकललाई बसले ठक्कर दिँदा दुई जनाको ज्यान गयो

काठमाडौँ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका बर्मझियामा बिहीबार भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग१ख ९६४२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बि३८आर ८१७३ नम्बरको भारतीय मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार भारत विहार राज्यअन्तर्गत सुपौल जिल्ला बलुवा–३ बस्ने राजुकुमार तिवारीको ज्यान गएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका तिवारीलाई उपचारका लागि विराराटनगर लैजाने क्रममा बाटोमा ज्यान गएको प्रहरीले जनाएको छ ।

Advertisement

मोटरसाइकलमा सवार अर्का नाम थर खुल्न नसकेको अन्दाजी ३०-३१ वर्षका पुरुषको पनि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लेले बताए।

यस्तै, सोही बसले पैदलयात्रीलाई समेत ठक्कर दिएको थियो । ठक्करबाट कञ्चनरुप नगरपालिका–१ बर्मझिया बस्ने १९ वर्षका रोहनप्रसाद गुप्ताको दाहिने खुट्टा भाँचिएको छ।

उनको विराटनगरमा उपचार भइरहेको छ। बस र मोटरसाइकललाई दुवैलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको प्रवक्ता काफ्लेले बताए ।

More News last news
Loading...