काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच झडप भएको छ । सो क्रममा चार जना कानुन व्यवसायी घाइते भएका नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष टीकाराम भट्टराईले जानकारी दिए।
उनका अनुसार बारका महासचिव लिलामणि पौडेल, पूर्वउपध्यक्ष कुमार शर्मा आचार्य, बार केन्द्रीय सदस्य प्रकाश महर्जन, पूर्वकेन्द्रीय सदस्य रमनकुमार कर्ण र उच्च अदालत पाटन बार सदस्य मुकुन्द भट्टराई सामान्य घाइते भएका हुन्।
प्रधानन्यायाधीश जबराको राजीनामा मागेर सर्वाेच्च अदालतकै १९ जना न्यायाधीशहरूले अघोषित रूपमा इजलास बहिस्कार गर्दै आएका छन् भने नेपाल बार एसोसिएसन आन्दोलनमा उत्रिएको छ।
सोही क्रममा बिहीबार धर्नामा रहेका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको हो । आन्दोनरत कानुन व्यवसायी सर्वाेच्च अदालततर्फ अघि बढेपछि रोक्न खोज्दा प्रहरी र अधिवक्ताबीच घम्साघम्सी परेको हो।
कार्यपालिकासँग भागबण्डा खोजेकोलगायतको आरोप लगाउँदै सर्वाेच्च अदालतकै १९ जना न्यायाधीश र बार आन्दोलनमा उत्रिएका हुन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
