आज देशभर ४६९ जनामा कोरोना पुष्टी, ११ जनाको ज्यान गयो

काठमाडौ‌ l नेपालमा पछिल्लो २४ घण्टामा ४६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ११५ जनाको पीसीआर परीक्षणमा ४२२ र ३ हजार १७२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४७ जनामा कोरोना पुष्टि भएको छ।

Advertisement

पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ५५५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ।

निको हुने दर ९७ दशमलब ५ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ।

More News last news
Loading...