काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको ५ हजार ७ सय ३१ पीसीआर परीक्षणका क्रममा ३ सय ७६ जना र २ हजार १ सय ६८ एन्टीजेन परीक्षणका क्रममा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७ हजार १ सय ५ पुगेको छ। त्यस्तै कोरोनाका कारण थप ८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ४ सय ७ जनाको कोरोनाका कारण मृृत्यु भएको छ।
थप ५ सय १८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ९१ हजार ७ सय ८७ जना निको भएका छन्। हाल नेपालमा ९ हजार ३ सय ७६ सक्रिय संक्रमित आइसोलेशन र २ सय ११ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ।
यसअघि हिजो (शनिबार) नेपालमा ३७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
