दशैँको दिन आज, काठमाडौँ उपत्यकासहित यी तीन प्रदेशमा वर्षा हुने

काठमाडौं । आज (असोज २९ गते ) काठमाडौँ उपत्यकासहित यी प्रदेशमा वर्षा हुने सम्भावना रहेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली नभए पनि केही स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ।

Advertisement

हालको मौसम

हाल प्रदेश १ मा आंशिक बदली रही बाँकी भू भागमा सामान्यतया सफा रहेको महाशाखाको भनाइ छ ।

शुक्रवार दिउँसो देशको प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश तथा बाँकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र बाग्मती प्रदेशका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, राती देशको प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश तथा बाँकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

आगामी २४ घण्टाका लागि परामर्श

देशको पहाडी भूभागमा आंशिक बदली रही पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

More News last news
Loading...