आज (सोमबार) घट्यो सुनको भाउ, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । साताको दोस्रो दिन अर्थात आज (सोमबार) नेपाली बजारमा सुनको ओरालो लागेको छ । आइतबार तोलामा १०० सय रुपैयाँले बढेको सुनको भाउ आज तोलामा १०० सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन आइतबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। आज बडा दशैँको पाँचौ दिन भने बजारमा सुनको भाउ घटेको हो।

Advertisement

त्यस्तै, आज तेजावी सुनको भाउ पनि घटेको छ । आज तेजावी सुन प्रतितोला ९० हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार तेजावी सुन प्रतितोला ९० हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज सुनको भाउसँगै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।

लामो समयदेखिको कोरोना भाइरस (कोभिड–१९) महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय केही घट्बढ हुन थालेको छ।

नेपालीहरुका महान पर्वहरु दशैँ, तिहार, छड, ल्होसार मुखैमा आएसँगै सुन चाँदी बजारमा तीज बिर्साउने गरी व्यापार बढेको छ। काठमाडौँको न्यूरोड लगायतका ठुला सुनचाँदी बजारमा उपभोक्ताको भीड लाग्न थालेको छ।

यसैगरी, नेपाल राष्ट्र बैकले तोके अनुसार, आज (सोमबार) अमेरिकी डलर एकको खरिददर १ सय १९ रुपैयाँ ६८ पैसा रहेको छ भने बिक्रीदर १२० रुपैयाँ २८ पैसा रहेको छ।

More News last news
Loading...