पोखरा । स्याङ्जाको वालिङमा केहीबेर अगाडि भएको जीप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ। दुर्घटनामा अन्य १७ जना घाइते भएका छन्।
दुर्घटनामा गल्याङ नगरपालिका ९ का ३२ वर्षीय गंगी पल्ली र ७७ वर्षका दलबहादुर पल्लीको ज्यान गएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख एवम् प्रहरी निरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए ।
दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि गह्रौ प्राथमिक अस्पताल लगिएको छ । घाइतेहरूको विवरण आउन बाँकी छ।
उकालोमा ब्रेक फेल भएर जीप झन्डै एक सय मिटर तल झरेको प्रहरीले जनाएको छ ।
वालिङ बजारबाट गल्याङको पकवादीका लागि छुटेको ग १ ज ४९१८ नम्बरको जीप वालिङ १० मदी खोलामा दुर्घटनामा परेको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
