काठमाडौँ । साताको पहिलो दिन अर्थात आज (आइतबार) नेपाली बजारमा सुनको भाउ भन् उकालो लागेको छ । शुक्रबार प्रतितोला २०० रुपैयाँले बढेको सुनको भाउ आज पुनः तोलामा १०० सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन शुक्रबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। आज बडा दशैँको चौँथो दिन पनि बजारमा सुनको भाउ बढेको हो।
त्यस्तै, आज तेजावी सुनको भाउ पनि बढेको छ । आज तेजावी सुन प्रतितोला ९० हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार तेजावी सुन प्रतितोला ९० हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज सुनको भाउसँगै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भएको थियो।
लामो समयदेखिको कोरोना भाइरस (कोभिड–१९) महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय केही घट्बढ हुन थालेको छ।
नेपालीहरुका महान पर्वहरु दशैँ, तिहार, छड, ल्होसार मुखैमा आएसँगै सुन चाँदी बजारमा तीज बिर्साउने गरी व्यापार बढेको छ। काठमाडौँको न्यूरोड लगायतका ठुला सुनचाँदी बजारमा उपभोक्ताको भीड लाग्न थालेको छ।
यसैगरी, नेपाल राष्ट्र बैकले तोके अनुसार, आज (आइतबार) अमेरिकी डलर एकको खरिददर १ सय १९ रुपैयाँ ६७ पैसा रहेको छ भने बिक्रीदर १२० रुपैयाँ २० पैसा रहेको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
