आज दशैँको पहिलो दिन (बिहीबार) घट्यो कि बढ्यो सुनको भाउ ?

काठमाडौँ । साताको पाँचौ दिन अर्थात आज (बिहीबार) नेपाली बजारमा सुनको भाउ पुनः उकालो लागेको छ । बुधबारबार ४०० रुपैयाँले घटेको सुनको भाउ आज बिहीबार भने प्रतितोला ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन बुधबार  प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। आज बडा दशैँको पहिलो दिन नै बजारमा सुनको भाउ बढेको हो ।

Advertisement

त्यस्तै, आज तेजावी सुनको भाउ पनि बढेको छ । आज तेजावी सुन प्रतितोला ८९ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो मंगलबार तेजावी सुन प्रतितोला ८९ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज सुनको भाउसँगै चाँदीको भाउ पनि उकालो लागेको छ । आज चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो बुधबार चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

लामो समयदेखिको कोरोना भाइरस (कोभिड–१९) महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय केही घट्बढ हुन थालेको छ ।

नेपालीहरुका महान पर्वहरु दशैँ, तिहार, छड, ल्होसार मुखैमा आएसँगै सुन चाँदी बजारमा तीज बिर्साउने गरी व्यापार बढेको छ । काठमाडौँको न्यूरोड लगायतका ठुला सुनचाँदी बजारमा उपभोक्ताको भीड लाग्न थालेको छ ।

यसैगरी, नेपाल राष्ट्र बैकले तोके अनुसार, आज (बिहीबार अमेरिकी डलर एकको खरिददर १ सय १९ रुपैयाँ ६७ पैसा रहेको छ भने बिक्रीदर १२० रुपैयाँ २० पैसा रहेको छ ।

More News last news
Loading...