आज (सोमबार) घट्यो कि बढ्यो सुनको भाउ ?

काठमाडौँ । साताको पहिलो दिन अर्थात आज (सोमबार) नेपाली बजारमा सुनको स्थिर रहेको छ ।

आइतबार प्रतितोला २०० रुपैयाँ बढेको सुनको भाउ आज सोमबार भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन आइतबार पनि प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज तेजावी सुनको भाउ पनि स्थिर छ । आज तेजावी सुन प्रतितोला ८९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो आइतबार पनि तेजावी सुन प्रतितोला ८८ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज सुनको भाउसँगै चाँदीको भाउ पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो आइतबार पनि चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

लामो समयदेखिको कोरोना भाइरस (कोभिड–१९) महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय केही घट्बढ् हुने गरेको छ।

कोरोनाका कारण भएका लकडाउन पछिल्लो समय खुल्दै गएको र नेपालीहरुका महान पर्वहरु दशै, तीहारको रौनकसँगै सुन चाँदीको व्यापार पनि फस्टाउँदै गएको छ।

More News last news
Loading...