काठमाडौँ । छिमेकी देश भारतमा पेट्रोल र डिजेलको मूल्य अहिलेसम्मकै रेकर्ड तोडिने गरी बढेको छ । नेपाल पेट्रोलियम पदार्थमा भारतमाथि नै निर्भर छ।
बीबीसीका अनुसार आइतबार भारतमा पेट्रोल र डिजेलको मूल्य यसअघिको रेकर्ड तोडिने गरी वृद्धि भएको हो। प्रतिलिटर पेट्रोलको मूल्य लगातार तेस्रो दिन २५ पैसाले बढेको छ।
डिजेलको मूल्य पनि ३० पैसाले बढेको छ। राजधानी दिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर १०२ रुपैयाँ २९ पैसा र मुम्बईमा १०८ रुपैयाँ ४३ पैसा भारु पुगेको छ । डिजेलको मूल्य पनि दिल्लीमा ९० रुपैयाँ ७७ पैसा र मुम्बईमा ९८ रुपैयाँ ४८ पैसा भारु पुगेको छ।
तेल कम्पनीले बढाएको मूल्यको बोझ आम मानिसमाथि नपरेको त्यहाँको सरकारले दाबी गरेको छ । पेट्रोलियम पदार्थ आपूर्तिमा भारतको अवस्था बेलायतको जस्तो नभएको भारतका सरकारी अधिकारीहरूले बताएका छन्।
अहिले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य तीन वर्ष यताकै महँगो बनेको छ । बेलायत लगायत केही देशमा मूल्यवृद्धि र आपूर्ति असन्तुलनले ठूलो समस्या निम्त्याइसकेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
