धादिङबेशीमा खुल्यो ३ करोड लगानीमा ‘द बर्गर हाउस एण्ड क्रन्चि फ्राइ चिकेन’ रेष्टुरेन्ट

धादिङ बेसी । धादिङ्ग जिल्लाको सदरमुकाम धादिङ्गवेसीमा बर्गर हाउस सञ्चालनमा आउने भएको छ। देशभर चर्चामा रहेको (द बर्गर हाउस एण्ड क्रन्चि फ्राइ चिकेन) धादिङमा समेत तीन करोड लगानीमा सञ्चालनमा आउन लागेको हो।

निलकण्ठ नगरपालिकास्थित वडा नम्बर तीनस्थित क्याम्पस चोकमा बर्गर हाउस एण्ड क्रन्चि फ्राइ चिकेन सञ्चालनमा आउन लागेको हो।

Advertisement

सञ्चालकहरुका अनुसार दशैँ अघि नै सञ्चालनमा आउने छ। भौतिक निर्माणको काम सम्पन्न भएपछि अब सञ्चालनमा मात्रै आउन बाँकी रहेको उनीहरुको दाबी छ।

‘द बर्गर हाउस एण्ड क्रन्चि चिकेन फ्राई’को कर्पोरेट संस्थापक बसन्त लामा हुन्। धादिङमा सञ्चालनमा आउने शाखा ८३ औँ रहेको सञ्चालकहरुलेब बताए।

बर्गर हाउसमा बर्गरको भेराइटी र सिएफसी (क्रन्ची फ्राइ चिकेन) लगायत दर्जनौँ मेनुमा सेवाग्राहीलाई सन्तुष्ट बनाउने छ।

More News last news
Loading...