काठमडाैं । पछिल्लाे २४ घण्टामा देशभर १ हजार ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले दिएकाे जानकारी अनुसार ११ हजार ७६५ जनामा कोरोना परीक्षण गर्दा १ हजार ७८ जनामा काेराेना पुष्टि भएकाे हाे ।
यस्तै सोही अवधिमा ९११ जना निको भएकाे मन्त्रालयले जनाएकाे छ । त्यस्तै साेही अवधिमा १२ जना संक्रमितकाे मृत्यु भएकाे मन्त्रालयले दिएकाे जानकारीमा उल्लेख छ ।
संक्रमितमध्ये हालसम्म ७ लाख ६५ हजार ७५८ जना निको भएका छन् ।
हाल देशभर १८ हजार १६८ सक्रिय संक्रमित रहेका छन् भने संक्रमितमध्ये हालसम्म ११ हजार १३५ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएकाे छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
