आज यी तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । देशमा भारतको मध्य प्रदेश तथा उत्तर प्रदेश आसपासमा अवस्थित न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

Advertisement

देशभर आंशिक देखि सामान्य बदली रहेको छ । गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका थोरै स्थान र बाकी प्रदेशका एक९दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।

विभागकाअनुसार देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

उक्त स्थानहरुका पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । वर्षाका कारण नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन विभागले सबैलाई आग्रह गरेको छ ।

More News last news
Loading...