दमौली । नेपाली काँग्रेस व्यास नगर सभापतिमा सूर्यचन्द्र हड्खले निर्वाचित भएका छन्।
पार्टीको व्यास नगर अधिवेशन अन्तर्गत शनिबार भएको मतदानमा सभापतिमा विजयी हड्खलेले सभापति पदका प्रत्यासी डम्बरबहादुर अधिकारीलाई पराजित गरेका हुन्।
कुल ४ सय ४३ मतदाता मध्ये ४ सय ३२ ले मतदान गरेको निर्वाचनमा सभापतिमा विजयी हड्खलेले दुई सय ८२ मत पाए।
प्रत्यासी अधिकारीले एक सय ४१ मत पाएका छन् ।
अधिवेशनबाट उप सभापतिमा सुर्जकुमार मल्ल र शोभा अधिकारी विजयी भए । मल्लले २९४ र अधिकारीले ३३० मत पाए ।
सचिवमा सुरेश पूरी र खेमराज पोख्रेल निर्वाचित भए । सचिव पुरीले २८९ र पोख्रेलले २८१ मत पाए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
