नेपाली युवालाई भारतमा फाँसी ! गरेछन् सुन्दै घिनलाग्दो काम

धनगढी । आफ्नो बहिनीलाई बलात्कार गरेको भन्दै बझाङका एक युवकलाई भारतमा फाँसी (मृत्युदण्ड) को सजाय दिइएको छ।

भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा आफ्नी चार वर्षीया सौतेनी बहिनीलाई ब’लात्कार गरेको आरोपमा ती युवकलाई भारतको अदालतले मृ’त्युदण्डको सजाय सुनाएको हो।

Advertisement

चार वर्षीया सौतेनी बहिनीलाई ब’लात्कार गरेको आरोपमा भारतको पिथौरागढ प्रहरीले नेपालको बझाङ घर भई हाल पिथौरागढको जाजरदेवल बस्दै आएका ३१ वर्षीय युवकलाई त्यहाँको अदालतले फाँ’सीको सजाय सुनाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

भारतीय पत्रिका अमर उजालाका अनुसार ती पुरुष ३ अप्रिल २०२१ मा पक्राउ परेका थिए। गाउँमा बुबाआमाको मृत्युपछि सौतेनी बहिनी दाइसँग पिथौरागढमा बस्दै आएको बताइएको छ।

सरकारले सुरक्षामा लगानी बढाउँदै लगेपनि पछिल्लो समय नेपाल तथा छिमेकी देशहरुमा यस्ता आपराधिक घटनाहरु बढ्दै गएका छन् ।

More News last news
Loading...