गोरखा । चौधौँ महाधिवेशनको तयारी गरिरहेको नेपाली काङ्ग्रेसले गोरखाका सबै नगर तथा गाउँपालिकामा अधिवेशन सम्पन्न गरेको छ । शनिबार एकैचोटि सम्पन्न अधिवेशनले नगर तथा गाउँ कार्यसमितिको नेतृत्व चयन गरेको छ ।
अधिवेशनले छ वटा पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको हो भने पाँचवटा पालिकामा मतदान प्रक्रियाद्वारा नेतृत्व चयन गरेको हो ।
चुमनुब्री गाउँपालिका कार्यसमितिको सभापतिमा सूर्य गुरुङ सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षहरुमा वीरबहादुर लामा(सामा) र कल्यान छेवाङ लामा(बिही) सर्वसम्मत भएका छन् । सचिवमा सोनाम धार्के लामा (छेकम) र सोनाम लामा(चुम्चेत) चयन भएका सभापति गुरुङले जानकारी दिए ।
धार्चे गाउँपालिका कार्यसमिति सभापतिमा सन्तोष गुरुङ सर्वसम्मत चयन भएका छन् । उपसभापतिमा दीपक गुरुङ र आशबहादुर घले सर्वसम्मत चयन भएका छन् । सचिवमा वुद्धिराज गुरुङ र सागर गुरुङ सर्वसम्मत चयन भएका सभापति गुरुङले जानकारी दिए ।
आरुघाट गाउँपालिकाको सभापतिमा राजु गुरुङ सर्वसम्मत चयन भएका छन् । उपसभापतिहरुमा कृष्णप्रसाद श्रेष्ठ र यमबहादुर कार्की सर्वसम्मत भएका छन् । सचिवमा विशाल गुरुङ र एकदत्त खनाल चयन भएका पार्टीका जिल्ला सचिव पूर्ण दाहालले जानकारी दिए ।
शहीदलखन गाउँपालिकाको सभापतिमा काशीनाथ अम्गाई सर्वसम्मत चयन भएका छन् । उपसभापतिहरुमा ध्रुव पोखरेल र टेकबहादुर गुरुङ र सचिवहरुमा चेतबहादुर थापा. र बासु रेग्मी सर्वसम्मत चयन भएका छन् ।
अजिरकोट गाउँपालिकाको सभापतिमा जंगबहादुर गुरुङ सर्वसम्मत चयन भएका छन् । सचिवहरुमा चीरञ्जिवी धिताल र कृष्ण घले सर्वसम्मत चयन भएका छन् । उपसभापति, सहसचिव र कोषाध्यक्ष भने आइतबार चयन गर्ने गरी स्थगित गरिएको सभापति गुरुङले जानकारी दिए ।
गण्डकी गाउँपालिकाको सभापतिमा होमबहादुर राना सर्वसम्मत चयन भएका छन् । उपसभापतिहरुमा नरबहादुर पाण्डे र अमृतनारायण श्रेष्ठ निर्वाचित भएका छन् । सचिवहरुमा कृष्ण सापकोटा र नवराज श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।
बारपाक सुलीकोट गाउँपालिकाको प्रमुखमा जीतबहादुर घले निर्वाचित भएका छन् । कूल सदर मतमध्य ८९ मत प्राप्त गरी घले विजयी भएका हुन् । उनका निकटत्तम प्रतिद्वन्द्वी केशरी ढकालले ४१ मत प्राप्त गरेका थिए । त्यस्तै उपसभापतिहरुमा दलबहादुर तामाङ र सुकबहादुर गुरुङ निर्वाचित भएका छन् । सचिवमा नरहरि वाग्ले र धर्म भट्ट निर्वाचित भएका छन् ।
त्यस्तै, गोरखा नगरपालिकाको नगर कार्यसमितिको सभापतिमा चन्दनबाबु खत्री निर्वाचित भएका छन् । कूल सदरमत एक सय ६३ मध्य एक सय ५१ मत प्राप्त गरी खत्री निर्वाचित भएका हुन् । त्यस्तै सचिवहरुमा सावित्रा थापा मगर र दिपेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।
पालुङ्टार नगरपालिकाको नगर कार्यसमितिको सभापतिमा बिमल ढकाल निर्वाचित भएका छन् । कूल सदरमत दुई सय ७६ मध्य एक सय २३ मत प्राप्त गरी ढकाल निर्वाचित भएका हुन् । उनका निकटत्तम प्रतिद्वन्द्वी अमर धितालले ५३ मत प्राप्त गरेका थिए ।
त्यस्तै नगर कार्यसमितिको उपसभापतिहरुमा सिताकुमारी अधिकारी र हरिप्रसाद भट्टराई निर्वाचित भएका छन् ।
सिरानचोक गाउँपालिकाको गाउँ कार्यसमितिको सभापतिमा भक्तबहादुर गुरुङ निर्वाचित भएका छन् । कूल सदर मत एक सय ३० मध्य ६८ मत प्राप्त गरी गुरुङ विजयी भएका हुन् । निकटत्तम प्रतिद्वन्द्वी ज्ञानेन्द्र गुरुङले ६२ मत प्राप्त गरेका थिए । २३मत भने बदर भएको थियो । गाउँ कार्यसमितिको उपसभापतिहरुमा सुकमान गुरुङ र सरोज ढकाल सर्वसम्मत चयन भएका छन् । त्यस्तै सचिवहरुमा बलराम थापा र जगदीश ढकाल सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै भीमसेनथापा गाउँपालिकाको गाउँ कार्यसमितिको सभापतिमा नारायण भट्टराई निर्वाचित भएका छन् । कूल सदर मतमध्य १०९ मत प्राप्त गरी भट्टराई विजयी भएका हुन् । निकटत्तम प्रतिद्वन्द्वी विदेश नराल(लक्ष्मण)ले ५२ मत प्राप्त गरेका थिए । गाउँ कार्यसमितिको उपसभापतिहरुमा नवराज अधिकारी (१०९) र कृष्ण ढकाल(१०४) विजयी भएका छन् । सचिवहरुमा टलक गुरुङ(११४) र जीवनाथ पुडासैनी(९२) निर्वाचित भएका छन् । गोरखाबाट प्रकाशित हुने दरौँदी दैनिकले खबर छापेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
