होन्डा यूनिकर्न र पल्सर १५० को मूल्य एउटै, हेरौ कुन बाइक कति पावरफुल

काठमाडौँ । १५० सिसी सेग्मेन्टमा प्रतिस्पर्धा गरिरहेको २ लोकप्रिय मोटरसाइकल होन्डा युनिकर्न र पल्सर १५० को मूल्य समान तोकिएको छ।

सरकारले ल्याएको प्रतिस्थापन बिधेयकको असर स्वरुप होन्डाले युनिकर्नमा एकैपटक २० हजार रुपैयाँ बढाएपछि यी दुई बाइकको मूल्य समान भएको हो। यी दुबै बाइकको मूल्य अहिले २ लाख ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ।

Advertisement

यसअघि २ लाख ६९ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको युनिकर्नको मूल्य बढेको छ भने बाजज पल्सर १५० को ट्विन डिस्क मोडलको मूल्य पहिलेदेखीनै २ लाख ८९ हजार ९ सय रुपैयाँमा कारोबर भैरहेको छ।

पल्सर १५० को अर्को मोडल अर्थात सिंगल डिस्कलाई भने २ लाख ७४ हजार ९ सय रुपैयाँमै खरिद गर्न सकिन्छ। नेपालमै एसेम्बल गरिने हुँदा पल्सर १५० को मूल्य तत्काल बढ्ने देखिदैन। एसेम्बल किट आयतमा अन्तशुल्क छुटका कारण पल्सर पुरानै मूल्यमा कारोबार भइरहेको छ।

यी दुबै बाइकमा १५० सिसी क्षमताको इन्जिन जडान गरिएको छ। जसमध्ये युनिकर्नको अधिकतम पावर १२।७३ बिएचपी र पल्सर १५० को पावर १५ बिएचपी रहेको छ।

पावरको तुलना गर्दा युनिकर्न भन्दा पल्सर मजवुत देखिएपनि टर्क भने युनिकर्नको केही मात्रामा बढी छ। युनिकर्नले १२।८ एनएम टर्क जेनेरेट गर्दा पल्सरले जम्मा १२ एनएममात्र टर्क जेनेरेट गर्ने देखिन्छ।

यी दुबै बाइक बिएस ४ मापदण्डका हुन्। जसमध्ये पल्सर १५० ले ४४ किलोमिटर माइलेज दिने दाबी गरिएको छ भने युनिकर्नले यो सेग्मेन्टकै उत्कृष्ट अर्थात ५० किलोमिटर माइलेज दिने दाबी छ।

युनिकर्नको तुलनामा पल्सर बढी स्पोर्टी देखिने कारण युवाहरुको रोजाइमा पर्दै आइरहेको छ भने युनिकर्नले फेमिली मोटरसाइकलको पहिचान बनाएको छ।

More News last news
Loading...