विश्व हिन्दू युवा संघ स्याङ्जाद्वारा जनगणनामा सनातन हिन्दू धर्म विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौँ । विश्व हिन्दू युवा संघ स्याङ्जा जिल्ला ले जनगणना लाई मध्यनजर गर्दै जनगणनामा सनातन हिन्दू धर्म विषयक अन्तरक्रिया कार्यक्रम वालिङ स्थित केदारनाथ मन्दिर मा सम्पन्न गरेको छ।

कार्यक्रमको प्रमुख अतिथि विश्व हिन्दू महासंघ वालिङका सभापति सीताराम अधिकारी ,विशिष्ठ अतिथि विश्व हिन्दू युवा संघ केन्द्रिय सदस्य दण्ड पानी पंगेनी,अन्य अतिथिमा महेश रेग्मी, संदेश लम्साल,युवराज अधिकारी, प्रज्वल रनपाल, विपिन कुँवर लगायतको उपसथिति रहेको थियो भने कार्यक्रमको सभापतित्व विश्व हिन्दू युवा संघ स्याङ्जा जिल्ला अध्यक्ष नबराज पौडेल को अध्यक्षता मा सम्पन्न भएको थियो।

Advertisement

कार्यक्रममा विशिष्ठ अतिथि दण्ड पानी पंगेनी ले पछिल्लो समय हिन्दू धर्म संस्कृति माथि भयको प्रहार हामीलाई सहैय नहुने कुरा व्यक्त गरेका छन्।उनले अहिलेको जनगणनामा पनि हिन्दू धर्मको प्रतिशत घटाउने खेल भयको र यसको खरो रुपमा उठन आग्रह गरेका छन्।

अधक्ष्य पौडेल ले हिन्दू धर्म भनेको वैज्ञानिकहरूले पनि विज्ञान संग मिल्ने कुरा बताएका छन् तर हामीहरूले नै हिन्दू धर्मलाई तल झार्ने खेल भयको यो कुरा हामीहरूलाई मान्य नहुने कुरा बताएका छन्।उनले अब को केही समय भित्रमा जिल्ला भरि अन्तरकृया कार्यक्रम गर्ने बताएका छन्।

उनले जनगणनामा हिन्दू माथि फेरि पनि प्रहार हुन लागेको र यसलाई रोक्न सबै जना संग अपील गरेका छन्। हिन्दू धर्मलाई विभाजन गर्ने काम भएको तर यो कुनै हालतमा पनि सफल नहुने कुरा व्यक्त गरेका छन्।

कार्यक्रममा मन्तब्य महेश रेग्मी,युवराज तिवारी ,पर्जवल रनपाल ले राखेका थिए ।कार्यक्रमको स्वागत मन्तब्य महेश रेग्मीले राखेका थिए भने भने कार्यक्रमको सञ्चालन विश्व हिन्दू युवा संघ जिल्ला सदस्य हरी रेग्मीले गरेका थिए।

More News last news
Loading...