पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकीका ११ जिल्लामध्ये कास्कीमा सबैभन्दा धेरै २७ जना पुरुष तथा ३९ जना महिला गरी ६६ जनामा कोरोना भाइरस पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ७७१ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकीमा मात्रै थप ११२ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।
कास्कीका ६६ जनासहित गोरखाका ८ जना, लमजुङका १ जना, तनहुँका ६ जना, बाग्लुङका ३ जना, स्याङ्जाका २२ जना र नवलपुरका ६ जना गरी प्रदेशका ७ जिल्लामा ४९ पुरुष तथा ६३ जना महिलामा कोरोना पुष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ८४ हजार ५८८ पुगेको छ। पछिल्लो २४ घण्टामा ४४४ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ८१ हजार ९३५ पुगेको छ ।
हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ३४९ पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
