पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा २६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज (सोमबार) १ हजार ५३६ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप २६२ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
आज सबैभन्दा धेरै कास्कीका १३४ जनासहित म्याग्दीमा १२ जना, पर्वतमा १ जना, गोरखामा १७ जना, लमजुङमा ८ जना, तनहुँमा १० जना, बाग्लुङमा २५ जना, स्याङ्जामा ३९ जना र नवलपुरमा १६ जना गरी प्रदेशका ९ जिल्लामा ११४ पुरुष तथा १४८ जना महिलामा कोरोना पुष्टि भएको हो।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ८४ हजार ४७६ पुगेको छ। पछिल्लो २४ घण्टामा २०७ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ८१ हजार ४९१ पुगेको छ।
हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ३४६ पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
