काठमाडौँ । साताको पहिलो दिन अर्थात आज (आइतबार) नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ।
गत शुक्रबार तोलामा एकै दिन १४०० रुपैयाँले घटेको सुन आइतबार भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ८९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन शुक्रबार पनि प्रतितोला ८९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज तेजावी सुनको भाउ पनि स्थिर रहेको छ। आज तेजावी सुन प्रतितोला ८८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार पनि तेजावी सुन सोही मूल्यमा कारोबार भएको थियो ।
यस्तै, आज सुनको भाउ स्थिर भएपनि चाँदीको भाउ भने झन् ओरालो लागेको छ। आज चाँदी प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी ११ सय ७० रुपैयाँमा कारोबार भएको थियो।
लामो समयदेखिको कोरोना भाइरस (कोभिड १९) महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय केही घट्बढ् हुने गरेको छ।
कोरोनाका कारण भएका लकडाउन पछिल्लो समय खुल्दै गएको र नेपालीहरुका महान पर्वहरु दश, तीहारको रौनक सँगै सुन चाँदीको व्यापार पनि फट्टाउँदै गएको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
