काठमाडौँ । आइतबार (आज) मुलुकका केही स्थानमा भारी वर्षाको आँकलन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार राति प्रदेश १, बाग्मती र गण्डकीका केही स्थान र अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा सम्भावना छ।
तर, प्रदेश १, बागमती र गण्डकीका एकरदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही धेरै स्थानमा वर्षाको सम्भावना छ । सोमबार राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थान र अन्य प्रदेशका एकरदुई स्थानमा वर्षा आँकलन गरिएको छ।
यस्तो छ तीन दिने मौसम पूर्वानुमान
२०७८ आश्विन ३ गते (आइतबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती: देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश नं १ , बाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ। प्रदेश नं १ , बाग्मती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।
२०७८ आश्विन ४ गते (सोमबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती: देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरूका केही स्थानहरुमा र अन्य प्रदेशहरूका एक-दुई स्थानहरूमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ।
२०७८ आश्विन ५ गते (मंगलबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती: देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी,कर्णाली र सुदुरपश्चिम प्रदेशहरूका केही स्थानहरुमा र अन्य प्रदेशहरूका एक-दुई स्थानहरूमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
