गण्डकी प्रदेशमा ठुलो संख्यामा सरकारी जागिर खुल्यो

पोखरा । लोक सेवा आयोग गण्डकी पद्रेशले ९ सय जनाभन्दा बढी स्वास्थ्यकर्मी माग गर्दै दरखास्त आह्वान गरेको छ। बुधबार गोरखापत्रमा सूचना निकालेर आयोगले खुला र समावेशीतर्फ मेडिकल अधिकृतलगायत विभिन्न पदमा दरखास्त खुलाएको छ। उक्त सूचना आयोगको वेबसाइट www.ppsc.gandaki.gov.np मा पनि छ।

सबैभन्दा धेरै अहेव खुलातर्फ माग गरिएको छ। १७२ जना माग भएको हो। यस्तै अनमी खुलामा १३० जना माग भएको छ। मेडिकल अधिकृतमा खुला र महिला गरी १३ जना माग गरिएको छ । कृषि भेटेरेनरीमा पनि ५२ जनाभन्दा धेरै माग भएको छ।

Advertisement

गण्डकीको लोक सेवा आयोग स्थापना भएपछि पहिलोचोटि प्रदेश सरकार मातहतका कार्यालय र ८५ वटा स्थानीय तहका लागि कर्मचारी भर्ना खुलाएको हो।

बागमती बाहेक अरु प्रदेशमा पनि लोक सेवा आयोगहरु गठन भइसके पनि यतिका धेरै संख्यामा रोजगारीको अवसर गण्डकी लोक सेवा आयोगले खुलाएको छ। बागमती प्रदेशमा सबैभन्दा पहिला नै लोक सेवा आयोग गठन भएको थियो।

आयोगले सबै पदहरुमा अनलाइनमार्फत दर्खास्त दिन सकिने व्यवस्था गरेको छ। ‘उम्मेदवारले शैक्षिक योग्यता, तालिम, व्यवसाय अनुमति प्रमाणपत्र, समावेशी समूह खुल्ने कागजात लगायत सम्बन्धित विज्ञापनमा तोकिएका कागजात अनलाइन दरखास्त प्रणालीको तोकिएकै स्थानमा पिडिएफ फम्र्याटमा अपलोड गरी आवेदन दिन सकिने छ।

More News last news
Loading...