३१ जना यात्रु बोकेर काठमाडौं आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना

काठमाडौँ । कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसवासामा यात्रुबाहक बस दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन्।

रुकुमबाट काठमाडौंतर्फ आउँदै गरेको ना ८ ख २९६ नम्बरको बस शनिबार बिहान ४ बजे अनियन्त्रित्र भइ दुर्घटना भएको हो।

Advertisement

बसमा सवार ३१ मध्ये १८ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव निरीक्षक हरी जिसीले जानकारी दिए।

दुर्घटनामा सामान्य घाइते भएको १३ जनाको स्थानीय सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। मध्यम घाइते भएका ५ जनालाई थप उपचारका लागि बुटवल लगिएको छ।

तीव्र गतिका कारण अनियन्त्रित भई बस दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि बस चालक फरार रहेको प्रहरीले जनाएको छ। न्युज कारखाना

More News last news
Loading...