बर्दियामा बँदेललाई थापिएको पासोमा परेर एकै परिवारका तीन जनाको ज्यान गयो

बर्दिया । बर्दियामा बँदेललाई मार्न राखेको विद्युतीय करेन्टको पासोमा परेर एकै परिवारका तीन जनाको ज्यान गएको छ ।

बँदेल मार्नका लागि राखेको करेन्टको पासोमा परेर ठाकुरबाबा–३ का ३२ वर्षका बालकृष्ण थारु, उहाँकी श्रीमती २९ वर्षकी सुनिता थारु र बालकृष्णकी भाउजु ४३ वर्षकी बेलमती थारुको ज्यान गएको बर्दिया प्रहरीले जनाएको छ।

Advertisement

प्रहरीका अनुसार गएराति १० बजेतिर एक जनालाई करेन्ट लागेको र बचाउने क्रममा अरु दुई जनालाई पनि करेन्ट लागेर ज्यान गएको हो । पासो थाप्ने ८३ वर्षका राजबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरीक्षक कविराज रोकायाले बताउनुभयो।

धानबालीमा जङ्गली हात्ती, बँदेल लगायतका वन्यजन्तुले क्षति पुर्याउन थालेको भन्दै करेन्ट प्रवाह गर्दा यसअघि करेन्ट लागेर दुई वटा हात्ती र एक जना युवाको ज्यान गएको थियो ।

More News last news
Loading...