आज देशभर थपिए १,५५८ कोरोना संक्रमित, १,३५१ बिरामी निको

काठमाडौँ । बितेको २४ घण्टामा देशभर १ हजार ५५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार १, ५५८ जनामा संक्रमण पुष्टि भएको हो।

Advertisement

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १ हजार ३५१ जना संक्रमणमुक्त भएका छन्। यस्तै, सोही अवधिमा संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार हालसम्म मृतकको कूल संख्या ११ हजार १२ पुगेको छ।

कूल संक्रमितमध्ये हालसम्म ७ लाख ४६ हजार ५६६ जना निको भइसकेको मन्त्रालयले जनाएको छ। हाल देशभर २५ हजार ४९७ जना सक्रिय संक्रमित रहेका छन्।

यसैगरी हिजो (बिहीबार) १ हजार ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । मन्त्रालयका अनुसार १५ हजार १७९ नमुना पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन्।

बिहीबार १ हजार ६८९ जना संक्रमित निको भएका थिए भने ११ जना संक्रमितको ज्यान गएको थियो।

More News last news
Loading...