समृद्ध तनहुँका एजेन्डासहित बिपिन अधिकारीको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी

काठमाडौँ । नेपाल विद्यार्थी संघ तथा नेपाली काँग्रेसका युवा नेता विपिन्द्र अधिकारी (विपिन) ले तनहुँ क्षेत्र न. १ बाट महाधिवेशन प्रतिनिधीको उम्मेद्वारी घोषणा गरेका छन्।

नेविसंघमा लामो समयदेखि राजनीति गर्दै आएका अधिकारीले नेपाली काँग्रेसको आसन्न १४औं महाधिवेशनका लागि मंगलबार (हिजो) सामाजिक सञ्जाल फेसबुकमार्फत महाधिवेशन प्रतिनिधीको उम्मेद्वारी घोषणा गरेका हुन्।

Advertisement

उनले १४औं महाधिवेशनले नैतिकवान, विशेष आचरण युक्त, स्वावलम्बी र वैचारिक व्यक्तित्वहरुलाई प्रोत्साहन गर्नेमा आफु विश्वस्त रहेको बताएका छन् ।

नेता अधिकारीले युवा पुस्ताले राजनीति र सामाजिक सेवाको आर्दशको बाटोलाई वेवास्था गर्दा दिमाग र नैतिकताको भन्दा राजनीतिमा पैसा र शक्तिको प्रभाव बढेको भन्दै अबको महाधिवेशनमा त्यसलाई प्रसय दिन नहुने बताए।

More News last news
Loading...