पोखरा । टिकटक बनाउने क्रममा सेती नदीमा खसेर एक युवती बेपत्ता भएकी छन् ।
मंगलबार दिउँसो तनहुँको शुक्लागण्डकी नगरपालिका–८ लालिमकी पवित्रा लम्साल बेपत्ता भएको प्रहरीले जनाएको छ।
सोही वडाको सेतीको किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउँदा लम्साल नदीमा खसेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताए।
घटनाको बेला त्यहा दुई जना साथी पनि थिए। लम्साल नदीमा खसेपछि प्रहरीलाई दिउँसो २ बजे खबर भएको थियो।
नदीतर्फ जादै गर्दा लम्साललाई साथीले चिच्याउँदै ‘नजा भनेको के’ भनेको सार्वजनिक एक भिडियोमा सुनिन्छ। बेपत्ता लम्सालको प्रहरीले खोजी रहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
