पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज कास्कीमा सबैभन्दा धेरै ९४ जना संक्रमित फेला परेका छन् ।
प्रदेशमा पछिल्लो २४ घण्टामा ९६९ जनाको नमुना परीक्षण गरिएकोमा थप १४१ जनामा कोरोना पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।
कास्कीका ९४ जनासहित म्याग्दीमा २ जना, पर्वतमा २ जना, गोरखामा ६ जना, तनहुँमा ५ जना, बाग्लुङमा ३ जना, स्याङ्जामा १२ जना र नवलपुरमा १७ जना गरी प्रदेशका ८ जिल्लामा ८२ पुरुष तथा ५९ जना महिलामा कोरोना पुष्टि भएको हो।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ८३ हजार ८१३ पुगेको छ। पछिल्लो २४ घण्टामा २०१ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ८० हजार ७९९ पुगेको छ।
हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ३३३ पुगेको छ।
देशभर १,५६२ संक्रमित, १९ को निधन
कोरोना भाइरसको संक्रमण आज एकै दिन एक हजार ५६२ जनामा देखिएको छ। संक्रमित मध्ये १९ जनाको ज्यान गएको छ।
सक्रिय संक्रमित २६ हजार २०२ जना रहेका छन् । ५०० भन्दा बढी संक्रमित भएका जिल्ला १२ र २०० भन्दा बढी संक्रमित हुने जिल्ला २० रहेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
