रेनु दम्पत्तिले घरको छतमा गरे सोच्नै नसकिने काम, श्रीमान-श्रीमति दुबै पक्राउ

रुपन्देही । आठ महिना शिशुको हत्या गर्ने आमा एक दम्पतीलाई पक्राउ गरेको छ।

रुपन्देहीको गैडहवाका एक दम्पतीले आफ्नै आठ महिने शिशुको घाँटी रेटेर हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

Advertisement

प्रहरीका अनुसार गैडहवा–६ बस्ने श्रीराम मल्लाह र उनकी श्रीमती रेनुले आफ्नै घरको छतमा आठ महिने शिशुको घाँटी रेटेर हत्या गरेका छन्।

मल्लाह दम्पतीले यही भदौ २६ गते शिशुको हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ। हाल दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

हत्याको विस्तृत जानकारी बाहिर आइसकेको छैन । तर, प्रहरीको प्रारम्भिक अनुसन्धानमा जग्गा सम्बन्धी विवादका कारण उक्त घटना घटेको देखिन्छ।

More News last news
Loading...