चीनमा फेरि विद्यालयबाट फैलियो कोरोनाको लहर

काठमाडौँ । चीनमा पछिल्लो समय विद्यालयबाट कोरोना संक्रमण फैलिएको पाइएको छ।

फुजियान प्रान्तको एक प्राथमिक विद्यालयबाट संक्रमण फैलिएको चिनियाँ स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

Advertisement

एक विद्यार्थीका बाबुबाट संक्रमण फैलिएको प्रारम्भिक रिपोर्टमा उल्लेख छ । ती विद्यार्थीका बाबुलाई गत साता कोभिड पोजेटिभ देखिएको थियो।

विद्यालयका सम्पूर्ण शिक्षक र विद्यार्थीलाई एक साताभित्र कोभिड परीक्षण गर्न स्थानीय सरकारले निर्देशन दिएको छ। पछिल्लो चार दिनमा एक सयजनामा संक्रमण देखिएको छ।

एक महिनाअघि नानजिङमा महामारी फैलिएको थियो । सो महामारी वुहानपछिकै ठूलो मानिएको थियो।

पछिल्लो समयमा फुजियान प्रान्तको पुटियान सहर कोभिडबाट सबैभन्दा बढी प्रभावित छ । फुजियानमा ३० लाख मानिस बसोबास गर्छन् ।

More News last news
Loading...