आज (मंगलबार) घट्यो कि बढ्यो सुनको भाउ ?

काठमाडौँ । साताको तेस्रो दिन अर्थात आज (मंगलबार) नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ ।

सोमबार प्रतितोला ३ सय रुपैयाँले बढेको सुनको भाउ आज मंगलबार भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन हिजो पनि प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज तेजावी सुनको भाउ पनि स्थिर रहेको छ। आज तेजावी सुन प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो पनि तेजावी सुन सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै, आज सुनको भाउ सँगै चाँदीको भाउ पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ।

लामो समयदेखिको कोरोना भाइरस (कोभिड१९) महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय केही घट्बढ् हुने गरेको छ। सुनको भाउमा केही घटबढ भएपनि बजारमा भने किनबेच हुन छाडेको महासंघले जनाएको छ।

More News last news
Loading...