गुडिरहेको बसमा ढुंगा खसेर एकको ज्यान गयो, तीन जना घाइते

सीपी लोहिया/बैतडी । बैतडीमा गुडिरहेको बसमा ढुंगा खस्दा एक जनाको ज्यान गएको छ ।

पाटन नगरपालिका–८ झौलेकमा गुडिरहेको सुप प्र २००१ ख ११५६ बसमा मंगलबार बिहान सडकमाथिबाट ढुंगा खसेको हो ।

Advertisement

बसमा ढुंगा खस्दा बझाङको थलारा गाउँपालिका–५ का १८ वर्षीय अर्जुन नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

बस महेन्द्रनगरबाट बझाङका लागि छुटेको थियो । मंगलबार बिहान साढे दुईबजेतिर जयपृथ्वी राजमार्ग अन्तर्गत खोड्पे–बझाङ सडकखण्डको झौलेकमा बसमा सडकमाथिबाट ढुंगा खसेको हो ।

ढुंगा लागेर अन्य तीन जना घाइते भएका प्रहरी निरीक्षक खड्काले बताए ।

घाइते हुनेमा बझाङको जयपृथ्वी नगरपालिका-११ का ४० बर्षीय हरिप्रसाद जोशी, सोही ठाउँका ३६ वर्षीय नवराज खड्का र कैलालीको धनगढी उपमहानगरपालिका-४ का २८ वर्षीय माधव भट्ट रहेका छन्।

उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। (न्युज कारखाना एजेन्सी)

More News last news
Loading...