काठमाडौं । कक्षा ११ को परीक्षा तालिका प्रकाशित गरिएको छ।
नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी, भक्तपुरले कक्षा ११ को आंशिक/ग्रेडवृद्धि परीक्षाको समय तालिका प्रकाशित गरिएको हो।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्वारा २०७८ मा सञ्चालन हुने कक्षा ११ को साधारण (संगीत, ललितकला र संस्कृत विषय समूह समेत) तथा प्राविधिक विषय समूह तर्फका ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरू (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अङ्क ७६ वा सोभन्दा कम र ७० वा सोभन्दा बढी भएका) को वार्षिक परीक्षा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र सामाजिक दूरीको पालना गरी परीक्षा हुँदै छ।
सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र कायम गरी देहाय अनुसार परीक्षा कार्यक्रम सञ्चालन गरिने एक सूचना जारी गर्दै राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
यसअघि चैत्र बैशाखमा हुने गरेको नियमित परीक्षा र त्यसपछि विभिन्न मितिमा तोकिएका परीक्षा कोभिड १९ को महामारीका कारण पटक पटक स्थगित हुँदै आएको थियो ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
