नेपाली सेनाका जागिरेहरुलाई खूशीको खवर !

काठमाडौँ । नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले जंगी अड्‍डास्थित सभामण्डपमा पहिलो पटक सकलदर्जाहरुलाई सम्बोधन गरेका छन्।

सम्बोधनका क्रममा शर्माले नेपाली सेनाका सकल दर्जालाई चार कोठाको घर निर्माणका लागि सैनिक कल्याणकारी कोषबाट २५ लाख ऋण दिने घोषणा गरेका छन्।

Advertisement

‘सेनाका सकल दर्जा अवकाश हुँदा कमसेकम ओत लाग्ने ठाउँको सुनिश्चितता गर्न र घर बनाउन सक्षम हुन भन्ने मेरो चाहना छ’ जंगी अड्डामा आयोजित कार्यक्रममा शर्माले भने– ‘१० वर्ष सेवा गरेका सकल दर्जालाई चारकोठे घर निर्माणका लागि २५ लाखसम्म सहुलियतपूर्ण आवासकर्जा उपलब्ध गराइने छ।’

उनले जटिल परिस्थितिमा संवैधानिक दायित्व सम्पादन गर्दै राष्ट्रहित र स्वार्थको संरक्षण एवं प्रवर्द्धन गर्नका लागि सदैव तयार रहनु सेनाको पहिलो कर्तव्य भएको उल्लेख गरेका छन्।

प्रधानसेनापति शर्माले भने, ‘राष्ट्रियहितलाई दृष्टिगत गरी सरकारद्वारा राष्ट्रिय सुरक्षा नीति र प्रतिरक्षा नीति जारी भइसकेको छ । सोही अनुरुपका राष्ट्रिय सैनिक रणनीतिको निर्माण र वैधता प्राप्त गर्दै सैनिक मूल ग्रन्थ पुनरावलोकन गरिने छ।’

उनले सङ्गठनलाई सुदृढ र सशक्त बनाउन सामूहिक भावनाअनुरुप काम गरिनेमा जोड दिए। प्रधानसेनापति शर्माले कल्याणकारी कोष सबै हिताधिकारीको साझा र महत्वपूर्ण सरोकारको विषय भएको उल्लेख गर्दै स्वास्थ, शिक्षा, स्वरोजगारलाई विशेष महत्व दिने वताए।

सम्बोधनका क्रममा प्रधानसेनापति शर्माले सैनिक अनुशासन, पदीय मर्यादा, आचरण विपरितका गतिविधि तथा फौजको मनोबल गिराउने जस्ता अवान्छित गतिविधि किमार्थ क्षम्य नहुने वताएका थिए।

More News last news
Loading...